ल्याटिन भाषाको ‘सोसिअस’बाट अङ्ग्रेजी शब्द ‘सोसाइटी’ जन्मेको विश्वास गरिन्छ । यसको ल्याटिन अर्थ ‘मैत्री सम्बन्ध’ हुन्छ । मानव–मानवबीचको सम्बन्धलाई यसले बढी दर्शाउँछ । एकै स्थान तथा क्षेत्रमा बसोबास गर्ने एउटै रहनसहन, व्यवस्था, धर्म, संस्कृति अंगाल्ने मानिसको समिष्टगत समूह वा रुप समाज हो । यसले खास उद्देश्य राखेर स्थापना गरिएका संस्थाको प्रतिनिधित्व समेत गर्दछ । विश्वका सबै समाजशास्त्रीको परिभाषाले भाषागत फरकपन बोकेता पनि सारमा सबैको भनाइमा असमानता भने केही रहेको छैन ।

समाजले निकै गहिरो सम्बन्धको अर्थ राख्छ । विश्वमा समाजको संरचना त्यस देशका धेरै आयामहरुले निर्धारण गर्ने गर्छन् । त्यहीअनुरुप यसको प्रकृति र विशेषतामा केही परिवर्तन तथा विविधता पाउने गरिन्छ । प्रगतिशील समाज र पश्चगामी समाज बारेका बहसले विश्वमै आफ्नो ठाउँ पाएको हामीले देखिरहेका, सुनिरहेका हुन्छौँ । यसमा नेपाली समाजको विश्लेषणमा उत्रिने छुट तपाईं÷हामी सबैलाई छ । समय क्रमसँगै चलिरहेका राजनीतिक परिघटनाले समाजको संरचना, आकारप्रकारमा फेरबदल लिइरहेको हामीले प्रत्यक्ष अनुभूत गरिरहेका छौँ । समाजको महत्वपूर्ण हिस्सामा व्यक्ति, परिवार रहने गर्छन् । समाज परिवर्तनको कुन रफ्तारमा छ भनेर खोज्न यिनैको सेरोफेरोमा रहेर विचार, विमर्श बढाए धेरै कुराको थाह लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय