वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित १६ पुस २०७६ मा नेपाल भ्रमण वर्ष २०२० को भब्य उद्घाटन भयो । एक खर्ब भन्दा बढी लगानीसहित आतिथ्य उद्योगले स्वदेशी-विदेशी लगानी आकर्षण गरिरहेको त्यो समयमा आन्तरिक तथा बाहृय एयरलाइन्सले समेत धमाधम लगानी थपिरहेका थिए । तर, कोरोना महामारीको बढ्दो संक्रमणका बीच यो उत्सव तीन महिना पनि टिक्न सकेन ।
नेपाल सरकारले ११ चैत २०७६ मा लकडाउन शुरु गरेपछि बन्द भएको पर्यटकीय गतिविधि त्यसयता ठप्पःप्राय भयो । २०७८ वैशाख/जेठमा हिमाल आरोहणका दौरान एक सिजनमा इतिहासकै धेरै आरोहीले अनुमति लिनुबाहेक पर्यटन उद्योगमा कुनै उत्साह आएन ।














