चितवन । ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (BCA) मा कम्प्युटरको एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ । कम्प्युटर (हार्डवेयर) भएर मात्र हुँदैन, त्यसलाई चलाउन विभिन्न एप्लिकेसन आवश्यक पर्छ । कम्प्युटरलाई सरल र सहज रूपमा चलाउन एप्लिकेसन आवश्यक पर्छ । बीसीएले त्यो एप्लिकेसन बनाउन आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ । बीसीएअन्तर्गत Word processing software, Desktop Software, Internet Browsers, Email Programs आदिको एप्लिकेसन बनाउन सिकाइन्छ ।
कस्तो कोर्स हो ?
यो चार वर्षे कोर्स हो । यसमा ८ वटा सेमेस्टर हुन्छन् । बीसीए आईटीसम्बन्धी कोर्स भए पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी संकायमा समावेश गरेको छ । अन्य विश्वविद्यालयले साइन्स एन्ड टेक्नोलोजी संकायमा समावेश गरेका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न क्याम्पसले बीसीए कोर्स सञ्चालन गरेका छन् ।



क-कसले पढ्न पाउँछन् ?
- ११ र १२ मा जुनसुकै विषय पढेकाले
- प्लस टुमा जीपीए २.० वा दोस्रो श्रेणीमा उत्तीर्ण भएकोले
- विश्वविद्यालयले लिने ‘इन्ट्रान्स परीक्षा’मा ४० प्रतिशत ल्याएकाले
बीसीए किन पढ्ने ?
- नयाँ एप्लिकेसन बनाउन
- आईटीबारे अनुसन्धान गर्न
कुन क्षेत्रमा अवसर पाइन्छ ?
*आईटी उद्योग (सरकारी र निजी)
- एप्लिकेसन डेभलपमेन्ट कम्पनी
- मोबाइल एप्लिकेसन
- ई–कमर्स
- आईटी रिसर्च
- वेब डिजाइन
- बैंक
- टेलिकम
- नेटवर्क
के काम गर्ने ?
- एप्लिकेसन बनाउने
- आईटी अफिसर
- नयाँ प्रविधिबारे अनुसन्धान गर्ने
- ग्राफिक्स डिजाइन गर्ने
*एनिमेसन
कुन कुन विषय पढ्नुपर्छ ?
- कम्प्युटर एप्लिकेसन
- म्याथमेटिक्स
- वेब टेक्नोलोजी
- कम्प्युटर नेटवर्किङ
- ग्राफिक्स एन्ड एनिमेसन
- साइबर कानून
- सी प्रोग्राम
*मोबाइल प्रोग्रामिङ
कति खर्च लाग्छ ?
यो कोर्स पढ्न कम्तीमा ४ देखि ८ लाखसम्म खर्च लाग्छ । तर, सरकारी र निजी क्याम्पसमा शुल्क फरक फरक हुन्छ । क्याम्पसले दिने सेवा सुविधाको आधारमा शुल्क निर्धारण गरिएको हुन्छ ।
थप जानकारीको लागि :-
लुम्बिनी आसिटी क्यापस
गैंडाकोट- ४, नवलपुर
०७८-५०२१८८, ५०३२०६, ९८५५०७८५३१












