चितवन । नेपाली चलचित्र उधोगका चर्चित हस्ती, कलाकार तथा निर्माता चेतबहादुर सिंह ुराजाु मोफसल कै चर्चित लक्की मिडिया हाउसको वरिष्ठ सल्लाहकारमा चयन हुनुभएको छ । चितवनमा बसेको बिशेष वैठकले वरिष्ठ सल्लाहकारमा चेतबहादुर सिंह ुराजाु लाई चयन गरेको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले बताउनु भएको छ ।

सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरुको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आउनु भएको छ । उहाँले चलचित्र निर्माण संँगै २ दर्जनभन्दा बढी नेपाली चलचित्र अभिनय गर्नुभएको छ । उहाँले विभिन्न सामाजिक संघरसंस्था मार्फत विभिन्न बृद्धाश्रम , अनाथलय, अस्पताल र विद्यालहरुमा सेवा र सहयोग गर्दै आउनुभएको छ । सिंह नेपाल चलचित्र कलाकार संघका महासचिव पनि हुनुहुन्छ ।

लक्की मिडिया हाउसका महाप्रबन्धक ुलक्कीु ले कोरोनाका कारण मिडिया क्षेत्र पनि अछुतो नरहेको भन्दै यस विषम परिस्थितिमा पनि नियमित कार्यक्रमलाई मिडिया हाउसले निरन्तरता दिदै आएको बताउनु भयो । विभिन्न क्षेत्रका व्यत्तित्व, शुभेच्छुक, विज्ञापनदाता लगायतको सहयोग, प्रेरणा र उर्जाबाट नै मिडिया हाउस यो स्थानमा आउन सफल भएको कार्कीको भनाई छ ।

मोफसलमै रहेर पनि सूचना, समाचार, कला संस्कृति, स्वास्थ्य तथा मनोरञ्जनको क्षेत्रमा निरन्तर अघि बढिरहेको लक्की मिडिया हाउसले नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायतका कार्यक्रमहरु गर्दै आएको छ । यसको साथ साथै लक्की मिडीया हाउसले राष्ट्रिय तथा स्थानीय कलाकार, साहित्यकार, उद्यमी व्यवसायी , स्वास्थ्यकर्मीलाई समेत उर्जा र प्रेरणा थप्ने जमर्को गर्दै उहांँहरुले समाजमा पुर्याएको योगदान र भूमिकाको कदर गर्दै सम्मान र पुरस्कृत गर्दै आएको छ । लक्की मिडिया हाउसको अहिले चितवन खबर अर्ध साप्ताहिक र ई चितवन खबर डट कम सञ्चालनमा छ्न् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय