रत्ननगर । रत्ननगर ९ मोहना स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनबाट अध्यक्षमा मेघनाथ पौडेल निर्वाचित भएका छन् ।
रतननगर ९ मोहनामा रहेको सो वन विगत ७ वर्ष देखि नया नेतृत्वको पर्खाईमा रहेको थियो । वनको नयाँ नेतृत्वको लागि आईतवार उपभोक्ताहरुको टोल संयोजक र परिषद सदस्यहरुको लागि निवार्चन सम्पन्न भएको थियो ।
टोल संयोजक निर्वाचित भए सगै सोमबार वनको कार्यसमिति गठन प्रकृयम सुरु भएको थियो । जस्को उपाध्यक्षमा लेख बहादुर तमाङ,सचिवमा बाबुराम पौडेल,कोषाध्यक्षमा रामशरण कुवर निर्वाचित हुनु भएको छ । जस्को सदस्यहरुमा रामसिङ चौधरी,रविकुमार महतो,भिखु महतो, राजकुमार महतो,कुल प्रसाद सापकोटा र भरतराम महतो रहनु भएको नव निर्वाचित अध्यक्ष पौडेलले वताए ।














