अजित अधिकारी
चितवन । माडीका वडा अध्यक्ष एबम नेपाली कांग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलले पार्टीबाट राजिनामा दिएका छन् ।

फेसबुकमा भाबनात्मक कुरा लेख्दै नेता पौडेलले पार्टी भित्र र बाहिर आँफु अपमानित हुनुपरेको र पार्टी प्रतिको आफ्नो इमानदारीता पार्टीले मुल्यांकन नगरी अवमूल्यन गरेको आरोप लगाए ।

उनले, समाजवादसंग सम्मानभाव रहेपनि पार्टी भित्रको अबस्था र पार्टीका कारण आँफु अलपत्र जस्तै बनेको र जिउँदै मार्ने षड्यन्त्र समेत गरिएको आरोप लगाए ।

आँफुले पार्टीबाट राजिनामा दिएपनी, देश र समाजका लागि आफ्नो कर्तव्यबोध सधैं रहिरहने उनको भनाइ छ । उनले यसरी पार्टीभित्र राजिनामा दिनुपर्ने कारण नेपाली कांग्रेसले सार्बजनिक गरेको आगामी स्थानीय तहको चुनावमा नगर प्रमुख र उप प्रमुख पदको लागि आँफुले राखेको आकाङ्क्षा पार्टीले स्विकार नगरेको र पार्टीले सिफारिस गरेको सुचीभित्र आफ्नो नाम नपरेपछि नेपाली कांग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका हुन् ।

यसैगरी माडीको हक हित र अधिकारको लागि सबैभन्दा पहिला अनशन बस्ने नेताको रूपमा पौडेल चिनिन्छन् । उनी यतिमात्र नभई पढेलेखेका शिक्षित ब्यक्तिको सुचीमा पर्छन् ।
उनले राखेका मागहरु पूरा नभएतापनि सबैभन्दा पहिला अनशन बस्ने खरो र निडर ब्यक्तित्वका रूपमा र माडीबासी जनताको हक हित र अधिकारका लागि अनशन बसेका हुँदा पनि उनी जनताका माझ लोकप्रिय् छन् ।

नेता पौडेल गत बर्ष अगाडि निकुञ्ज ऐन २०२९ संशोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित ब्यबस्थापन हुनुपर्ने, मानव र बन्यजन्तुको द्वोन्द निवारणका लागि ठोस रूपमा बन र मानव बस्तीबीच बैज्ञानिक संरचना बनाउनुपर्ने, रिउ खोला करिडोरको निर्माण ब्यबस्थित गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा क्षतिपूर्तिको ब्यबस्था गर्नुपर्ने लगाएतका माग राखेर बि.स. २०७६ साल फाल्गुन ७ गतेदेखि अनशन समेत बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय