चितवन । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार-प्रसार अभियानलाई व्यापक बनाउन सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति गठन गरेको छ ।

शुक्रबार बसेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले चितवनका युवा नेता दिनेश पौडेललाई सामाजिक सञ्जाल प्रचार-प्रसार उपसमितिमा चयन गरेको हो । युवा नेता पौडेल नेपाली कांँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष हुन् ।

केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको सयोजकत्वमा सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति गठन गरेको हो। कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले सामाजिक सञ्जाल मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार गर्न सो उपसमिति गठन गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय