चितवन। स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

रत्ननगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय नगरपालिकाको कार्यालयमा स्थापना गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रत्ननगरका मेयर नारायण वनले दलिय सहमतिका अधारमा रत्ननगरमा कार्य गर्ने भएकाले यहाँको निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुदै आएको बताए ।

उनले भने, कुनै एक दल निर्वाचित भएपनि अर्को दलले आएर अंकमाल गर्दै शुभकामना दिदै आएको छ यस्को जर्गेना गर्नुपर्छ ।

उपमेयर विमलादेवी दुवाडीले निर्वाचन अधिकृतले हरेकको समस्या सुन्नुपर्ने बताईन् । धाधली रहित रत्ननगरको निर्वाचन सम्पन्न हुनेमा उनले विश्वास व्यतm गरिन् ।

रत्ननगरका मुख्य निर्वाचन अधिकृत विनोदकुमार गौतमले अव निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए ।

उनले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिवद्धता व्यक्त गरे । रत्ननगरमा २९ वटा मतदान केन्द्र रहने उनले बताए । त्यस्तै उनले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिए ।

कार्यालय स्थापनामा रत्ननगरका १६ वटै वडाका वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय